२ कार्तिक २०८३, सोमबार

फिदिममा एमालेको संकल्प यात्राको पक्षमा उर्लियो जनसागर (फोटोफिचर)

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, ३० मंसिर । नेकपा (एमाले)को मध्यपहाडी क्षेत्र केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’मा यात्राको टोलीलाई पाँचथरमा भव्य स्वागत गरिएको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघर तेह्रथुमको आठराईबाट शनिबार दिउँसो पाँचथर आइपुगेको यात्रा टोलीलाई पाँचथरमा भव्य स्वागत गरिएको हो ।

शनिबार दिउँसो नै पाँचथरको फिदिममा आयोजित बृहत् आमसभामा हजारौँको संख्यामा सर्वसाधारण सहभागी थिए । आमसभामाअघि एमाले अध्यक्ष ओलीसहितका नेता तथा कार्यकर्ताहरूको र्‍यालीले फिदिम बजार परिक्रमा गरेको थियो ।

त्यसअघि अध्यक्ष ओलीले फिदिममा एमाले पाँचथरको पुष्पलाल मदन भण्डारी स्मृति परिषद् बहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गरेका थिए ।

भवन उद्घाटनपछि जातीय भाँकी सहितको र्‍यालीमा सहभागी हुँदै ओलीले नगर परिक्रमा गरेका थिए । र्‍यालीमा सहभागीहरूले जातीय पहिरन र पोसाक लगाएका थिए । लिम्बू समुदायको सघन बसोबास रहेको पाँचथर फिदिमको कार्यक्रममा सहभागी हुन ताप्लेजुङसहित इलाम, झापालगायतका जिल्लाबाट समेत नेता कार्यकर्ता सहभागी थिए । एमालेको आमसभालाई अवरोध गर्ने गरी पहिचानवादीले बन्दको आव्हान गरे पनि यसको असर देखिएको थिएन ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा भोलि पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरिने कार्यक्रम रहेको एमालेले जनाएको छ ।