
काठमाडौं, ३० मंसिर । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा रहेको छ ।
यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया