
काठमाडौं, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
उच्च अदालत पाटनको आदेशमा ३० लाख धरौटी बुझाएर आज मात्रै रिहा भएका खाँणसँग सम्पत्ति शुद्धीकरण विभागले पनि १५ लाख धरौटीमा माग गरेको हो ।
आज रिहा भएलगत्तै उनलाई शुद्धीकरण विभागमा लगिएको थियो । खाँणले विभागमा १५ लाख बुझाएका छन् ।
त्यहाँबाट उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगिएको छ ।















प्रतिक्रिया