
काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले महानगरले वाचा गरेका तीनकुने मुआव्जा, फोहर व्यवस्थापन र उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि संघीय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
२९औँ काठमाडौँ महानगर दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बालेनले फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भूमिका समान रहेको बताए ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
विसं २०५२ मा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो ।















प्रतिक्रिया