९ कार्तिक २०८३, सोमबार

एमाले अध्यक्ष ओलीमाथि आक्रमणको अफवाहमा के भन्छन् सीडीओ ?

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपि शर्मा ओलीमाथि धनकुटामा आक्रमण भएको भन्नेबारे धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आक्रमणकारीले रक्सी खाएकाले मिसअन्डरस्ट्यान्डिङ भएको देखिएको स्पष्ट पारेका छन् ।

बाहिर आएजस्तो आक्रमण नभएको उनले स्पष्ट पारेका छन् ।

‘बाहिर मिडियामा आएजस्तो अलि देखिएको छैन। पूर्वप्रधानमन्त्रीज्यूलाई स्वागत  गर्न आएकै देखिन्छ,’ पौडेलले भने, ‘रक्सी खाएकोले अलि मिसअन्डरस्ट्यान्डिङ भएको जस्तो देखिन्छ प्रारम्भिक रूपमा। तैपनि हामी सोधपुछकै क्रममा छौँ।’