
काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारकै संलग्नतामा एनसेल कौडीको मोलमा किनबेच भएको बताएका छन् ।
एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा अभियान अन्तर्गत आज तेर्हथुमको वसन्तपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको र राजनीतिक संलग्नतामा कमिसन तन्त्रको जालोमा परेर एनसेल नामसारी गरिएको बताएका हुन् ।
चार वर्षपछि एनसेल आफैँ नेपालको नाममा आउन लागेकामा सरकारले जालझेल गरेर अर्को कम्पनीमा कौडीको मोलमा एनसेल नामसारी गरेर देशलाई खर्बौँको नोक्सानी पुर्याएको अध्यक्ष ओलीले धारणा व्यक्त गरे ।
देशलाई खर्बौं नोक्सानी हुँदा पनि सरकार बोल्न नसकेको र यस्तो अवस्थाबाट देशलाई कसरी मुक्त गराउँने भन्नेमा एमाले गम्भीर रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बनेपछि देशमा सुनदेखि एनसेलसम्मको काण्ड आएको अध्यक्ष ओलीले टिप्पणी गरे ।















प्रतिक्रिया