
काठमाडौं, २८ मंसिर । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रथी पदमा सिग्देललाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले नेपाल परराष्ट्र सेवा तर्फको राजपत्राङ्कीत विशिष्ट श्रेणी(सचिव) रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ भने विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
त्यसअघि सिंहदरबारमा आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन चौमासिक समीक्षा भएको थियो । चौमासिक समिक्षा सन्तोषजनक नपाइएको प्रवक्ता शर्माले बताइन् । चौमासिक समीक्षामा केही मन्त्रीहरु कार्यव्यस्तताका कारण अनुपस्थीत भएकाले पुन अर्को बैठक बस्ने उनले बताइन् ।















प्रतिक्रिया