९ कार्तिक २०८३, सोमबार

जन्मथलो तेह्रथुमको वसन्तपुरमा ओलीको स्वागतमा उर्लियो मानवसागर (तस्वीरहरू)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) को मध्यपहाडी समृद्धिका लागि संकल्प यात्राको १५औं दिन नेकपा एमालेको टोली तेह्रथुमको वसन्तपुर पुगेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अभियान टोली तेर्‍हथुम पुगेको हो । वसन्तपुरमा आयोजित आमसभामा अध्यक्ष ओलीसहितका नेतालाई स्वागत गर्न हजारौँ सर्वसाधारण, वृद्धवृद्धा, कार्यकर्ता उपस्थित भएका थिए ।

कोशी प्रदेशको संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी मोरङलगायतका जिल्लाबाट नेता तथा कार्यकर्ता वसन्तपुर पुगेका थिए ।

सुनसरी मोरङबाट मात्र ६० वटा बस, ६० वटा कार, जीप र तीन सय बढी मोटरसाइकलमा नेता तथा कार्यकर्ता आमसभामा सहभागी भएको नेकपा एमालेले जनाएको छ।

आमसभामा ५ सय १ जना स्वयंसेवक खटिएका छन् ।