
काठमाडौं, २८ मंसिर । प्युठानमा बेहुला चढेको गाडीले जन्तीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
ऐरावती गाउँपालिका-२ बढौलामा बेहुला चढेको लु ३ च ६८४७ नम्बरको स्कारपिओ गाडीको ठक्करबाट जन्ति हिँडेका मल्लरानी गाउँपालिका-३ चोरपानीका ५२ वर्षीय दामोदर परियारको मृत्यु भएको हो ।
जन्ती अगाडि अगाडि हिँडिरहेका बेला ओरालोमा बहुला सवार गाडीको टायर पञ्चर भएर अगाडि हुत्तिँदा परियारलाई ठक्कर दिंदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गाडीको ठक्करबाट मल्लरानी गाउँपालिका-३ का कृष्ण परियार, ऐरावती गाउँपालिका-२ करिश्मा सुनार, सिर्जना सुनार र दाङको राप्ती गाउँपालिका-५ कि पिपला सुनार घाइते भएका छन् ।















प्रतिक्रिया