२ कार्तिक २०८३, सोमबार

सुनको मूल्य एकैदिन २,८०० रुपैयाँले बढ्यो

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार १ लाख १६ हजार रूपैयाँमा कारोवार भएको छापावाल सुन आज प्रतितोला २८ सय रूपैयाँले बढेर १ लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार १ हजार ४ सय रूपैयाँमा कारोबार भएको चाँदी आज ५५ रूपैयाँले बढेर १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।