
काठमाडौं, २७ मंसिर । बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक कर्मचारीले नगरपालिकाका नगरप्रमुख चढ्ने गाडी तोडफोडपछि आगजनी गर्न लागेपछि प्रहरीले अश्रुग्याँससहित गोली प्रहार गरेको थियो ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–१ नमसंग्राढाटका २५ वर्षीय लक्ष्मी मुखिया रहेको छन् । उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
नगरपालिकाका शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरू १४ महिनायता सेवा सुविधा नपाएको भन्दै आन्दोलनरत रहेका छन् ।















प्रतिक्रिया