९ कार्तिक २०८३, सोमबार

सरकार कुहिएको फल जस्तो भएको छ, झारेन भने पनि आफैँ झर्छ: अध्यक्ष ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, २७ मंसिर। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार धेरै चल्ने र टिक्नवाला नभएको बताएका छन् । भोजपुरमा भएको कार्यक्रममा बोल्दै उनले यो सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने बताएका हुन् ।

उनले भने, ‘यो कुहिएको फल जस्तो भएको छ, यसलाई झारेन भने पनि आफैँ झर्छ,’ । यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा नरहेको ओलीले बताए ।

उनले वर्तमान सरकारबाट केही नहुने बताए । उनले एमालेलाई सिद्ध्याउँछु मार्छु भन्ने सपना भङ्ग गर्न समेत आग्रह गरे । अध्यक्ष ओलीले गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागेको बताए ।

ओलीले एमालेसँग एक्लै लड्ने त के हेर्न पनि नसक्ने अवस्थामा अन्य दलहरू रहेको बताए । उनले एमालेसँग एक्लै कोही लड्न नसक्ने भएकाले कसैले दाइने हात कसैले देब्रे हात कसैले जिउ समात्ने, कोही कम्मरमा समाएर पछार्न खोजेको बताए ।

उनले भने, ‘एमालेलाई सिद्ध्याउँछु भनेर हातको छेउमा आए मुक्का खाने, खुट्टाको छेउमा आए कच्याककुचुक हुन्छन् । एमालेले त्यो स्ट्रेन्थ एमालेले बनाउनु पर्छ ।’

मिसन ८४ मा एमालेले बहुमत नल्याए देशको अस्तित्व नै सङ्कटमा पर्ने बताए ।