९ कार्तिक २०८३, सोमबार

कानून कार्यान्वयनमा इमान्दार प्रयत्न नहुँदा जनतामा निराशा छायो: अध्यक्ष तिमिल्सिना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानून कार्यान्वयनमा इमान्दार प्रयत्न नहुँदा जनतामा निराशा छाएको बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले जिम्मेवार बहन गर्नेहरुले कानून कार्यान्वयनमा इमान्दार प्रयन्त नहुदा जनतामा निराशा छाएको बताएका हुन् ।

चुनावमा दलहरुले घोषणापत्रमा उल्लेख गरेका कुराहरूलाई कार्यान्वयन नगर्दा पनि समस्या देखिएको उनले बताए । हिजोको त्यागका अनुसार जनताले नेताहरुलाई विश्वास नगर्ने भन्दै उनले वर्तमानमा नजितामुखी काम गर्नुपर्ने जिकिर गरे ।

उनले अधिकार केन्द्रीत गर्ने भावना देखिएको भन्दै यसले सन्तुलित विकास हुन नसक्ने बताए । तिमिल्सिनाले स्थानीय र प्रदेशको बजेटको नियन्त्रण संघबाट हुँदा पनि अहिले समस्या देखिएको धारणा राखे ।