९ कार्तिक २०८३, सोमबार

फर्जी कागजपत्र बनाएर विदेश पठाउने प्रकरण: केही एयरलाइन्समाथि पनि अनुसन्धान सुरु (भिडिओसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभाग र नेपाल एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अर्का पाँचौ तहका कर्मचारी अरवीन यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले ट्राभल एजेण्टसंग मिलेर नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अध्यागमन विभागका अधिकृत नरवीर खड्कालाई एजेन्टको सेटिङमार्फत पैसा लिँदालिँदै पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले जानकारी दिए ।

भिजिट भिसामार्फत अन्य देश जान कम्तीमा १२ कक्षा उत्तिर्ण भएको प्रमाणपत्र र बैंकमा दुई लाख रुपैया देखाउनुपर्ने भएकाले सोही अनुसारको नक्कली कागजपत्र बनाउने गरेको पाइएको उनले बताए ।

अध्यामन र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउपरेसंगै अन्य केही एयरलाइन्समाथि पनि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । उक्त प्रकरणमा हालसम्म ३२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।