९ कार्तिक २०८३, सोमबार

किराँती भेषमा केपी ओली, भोजपुरको चखेवा भन्ज्याङमा ढोल झ्याम्टासहित स्थानीयले गरे स्वागत (तस्वीरहरू)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुरm २७ मंसिर । मंसिर १४ गते बैतडीबाट हिँडेको नेकपा (एमाले) को झुलाघाट –चिवाभञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा भोजपुर पुगेको छ ।

यात्राको नेतृत्व गरिरहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको टोलीलाई आज भोजपुरको चखेवामा भव्य स्वागत गरिएको छ ।

किराँती पहिरनमा रहेका ओलीलाई आफ्ना जातीय पहिरन र भेषभूषामा सजिएका स्थानीयले ढोल झ्याम्टासहित बाजा गाजाले स्वागत गरेका हुन् ।

पुष्पलाल मध्यपहाडी लोक मार्ग केन्द्रित यात्रामा सहभागीलाई स्वागत गर्न गाउँ गाँउबाट सर्वसाधारणहरू उपस्थित भएका थिए ।

एमालेको टोलीलाई भेट्न ज्येष्ठ नागरिकहरूको समेत उल्लेख्य सहभागिता थियो ।