
खोटाङ, २७ मंसिर। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गरेका छन् ।
झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा खोटाङ पुग्नु भएका ओलीले बुधबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा रहेको सो खानेपानी योजनाको उद्घाटन गरेका हुन् ।
कूल ११ करोड रुपैँया लागत अनुमान गरिएको सो आयोजनाको पहिलो स्किमको काम सकिएपछि उद्घाटन गरिएको हो ।
आयोजनाका ४ सय २० लाभान्वित घरधुरी रहेका छन् ।















प्रतिक्रिया