
काठमाडौं, २६ मंसिर । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्।
उनले आज राजीनामा बुझाएका हुन् । उनले भोलिदेखि राजीनामा स्वीकृत हुनेगरी राजीनामा बुझाएका हुन् ।
थानीले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् । उनले कार्यकाल सकिनु १५ महिनाअघि नै राजीनामा बुझाएका हुन् ।
उनी २०७८ फागुनमा निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।















प्रतिक्रिया