९ कार्तिक २०८३, सोमबार

गठबन्धन सरकारलाई कसैले ढाल्नु पर्दैन, आफैँ ढल्ने अवस्थामा पुगेको छ: केपी शर्मा ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राको क्रममा नागरिकले, माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताए ।

गौरीशंकरको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशिर्वाद प्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीले बताए । एमालेको यात्राको क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनि गरिएको प्रचारको ओलीले कार्यक्रममा आलोचना गरे ।

एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएको कारण त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको ओलीले बताए । नेकपा एमाले एउटा राष्ट्रिय लक्ष लिएर अघि बढेकोले त्यसमा बालकदेखि वृद्धसम्मको सहभागिता रहेको ओलीले प्रष्ट पारे । ओलीले आज युवालाई देशमा अड्याउनै नसक्ने अवस्थामा रहेको बताए । अर्काको दरबार देखेर धनी नहुने बताउँदै ओलीले युवालाई देशमा नै राखेर आफ्नो घर राम्रो बनाउने वातावरण बनाउनु पर्ने बताए । विभिन्न व्यवसाय स सञ्चालन गरेर युवाहरू देश निर्माणको अभियानमा लाग्नु पर्नेमा उनले जोड दिए ।
।
राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताको रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए । ‘सामाजिक सुधारका अभियान हामीले नै चलाउने हो, अरूले चलाउने होइन’, ओलीले भने।

जनताको अभिमतबाट एमालेले सरकार बनाएको र देशका विकासको अभियान चलाएको अवस्थामा विदेशीका सामु लम्पसार परी उनीहरूको कम्फरटेबल बनिदिन्छौँ भनेर एमालेको सरकार हटाउने काम गरिएको ओलीले बताए । एकीकृत भइसकेको पार्टी पटक पटक फुटाउने काम गरिएको ओलीले टिप्पणी गरे ।