२ कार्तिक २०८३, सोमबार

एमाले अब अलमलिनु हुँदैन: केपी शर्मा ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) का नेता–कार्यकर्ताले अब अलमलिनु पर्ने अवस्था नरहेको बताएका छन् ।

समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडिचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले विकासको अनेक काम गर्दा गर्दै पनि सरकारबाट हटाउने काम भएको बताए ।

‘विकास निर्माणको कमलाई युद्ध स्तरमा अगाडि बढाएको छौँ, पुन निर्माणका त्यत्रा काम गरेका छौँ’, उनले भने।

सिन्धुपाल्चोकलाई एमालेले विपत् क्षेत्र घोषणा गरी काम गरेको ओलीले बताए । एमालेको सरकार नभएको भए मेलम्चीलाई व्यवस्थापन गरी काठमाडौंमा खानेपानी नै नझर्ने उनले स्पष्ट पारे ।

‘सिन्धुपाल्चोक जस्तो सचेत भूमि, सहिदको भूमि, यो ठाउँ अलमलिनु हुँदैन’, ओलीले भने ।