९ कार्तिक २०८३, सोमबार

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुईजना शिक्षक पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकस्थित एक विद्यालयका दुईजना शिक्षक पक्राउ परेका छन् ।

इन्द्रावती गाउँपालिका–६ मा रहेको कमलादेवी माध्यमिक विद्यायलका दुईजना छात्राले दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सोही विद्यालयका दुईजना शिक्षक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेल रहेका छन् ।

उनीहरूविरूद्व जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।