
काठमाडौं, २५ मंसिर । राष्ट्रियसभा निर्वाचनका लागि पाँच वटा दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।
आयोगले दिएको दल दर्ताको समयावधिको दोस्रो दिनसम्म पाँचवटा दलले दल दर्ता गराएका हुन् ।
दल दर्ता गराउनेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदूर किसान पार्टी रहेका छन् । प्रमुख पार्टी काँग्रेससहित अन्य पार्टी हालसम्म दर्ताका लागि आएका छैनन् ।
दल दर्ताका लागि मंसिर २९ गतेसम्मको समय तोकिएको छ । राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।















प्रतिक्रिया