९ कार्तिक २०८३, सोमबार

कोरिया जाने तयारीमा रहेका युवाहरू किन उत्रिए प्रदर्शनमा ? (भिडिओसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । इपिएस नेपालको २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

२०२४ सुरु हुन २० दिन बाँकी रहेको अवस्थामा २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरुले ललितपुरको ग्वार्कोस्थीत इपिएस कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

इपिएस परीक्षा दिएर बसेका युवाहरुले सीप बिल्डिङ परीक्षामा असफल विद्यार्थीहरुले म्यानुफ्याक्चरको परीक्षामा सहभागी गराउन समेत माग गरेका छन् । बाँकेबाट आएका युवा प्रदीप बुढाथोकीले २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएकाले विरोध गर्न बाध्य भएको बताए ।

उनले आफूहरूको माग सुनुवाई नभएकाले अनसन लगायतका आन्दोलन गर्ने बताए । प्रदर्शनमा सहभागीहरुले युवाको रोजगारीको सुनिश्चितता गर, इपिएसको मनोमानी बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।