
काठमाडौं, २५ मंसिर । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्।
कार्यकाल सकिनु आठ महिनाअघि नै गौतमले राष्ट्रपतिलाई राजीनामा बुझाएका हुन् । उनले कार्यावधि सकिनुअघि नै राजीनामा दिनुको कारण खुलाएका छैनन् ।
गौतमको राजीनामा सँगै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पदम पाण्डेलाई महासचिवका लागि सिफारिस गरेका छन्।















प्रतिक्रिया