९ कार्तिक २०८३, सोमबार

एमाले कसैले रोक्दा रोकिने, सिद्धाउन खोज्दा सिद्धिने पार्टी पनि होइन: केपी शर्मा ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् । एमालेलाई रोक्न खोज्नु सूर्यलाई रोक्न खोज्नु जस्तै भएको ओलीले बताए ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अन्तर्गत आइतबार काभ्रेको कुन्ताबेँसीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा एमालेसँग एक्लाएक्ला एक्लै लड्ने आँट कोहीसँग नभएको बताए । ‘नेकपा एमाले कसैले रोक्दा रोकिने पार्टी होइन, कसैले सिद्धाउन खोज्दा सिद्धिने पार्टी पनि होइन’, उनले भने ।

ओलीले गठबन्धन सरकार बनेपछि विकासको काम रोकिएको बताए । रोकिएको काम नेकपा एमालेले फेरी सुरु गर्ने उनले प्रष्ट पारे । एमालेलाई राम्रो काम गरेबापत सरकारबाट हटाइएको बताउँदै ओलीले एमाले सरकारबाट हटेपछि देशमा निराशा र अराजकता बढेको बताउनुभयो । यसको अन्त्य नगर्ने हो भने देश बरबाद हुने उनले प्रष्ट पारे ।

देशमा, शान्ति, सुव्यवस्था र समृद्धिको आकाङ्क्षा नेकपा एमाले राखेको धारणा राखे। यसको लागि मिसन २०८४ एमालेले अघि सारेको ओलीले बर्ताए । नेकपा एमाले हुँदा हुँदै देशलाई बरबाद हुन दिँदैनौँ भन्ने सङ्कल्पका साथ मिसन २०८४ मा लाग्नु पर्नेमा उनले जोड दिए ।

देशलाई जोगाउन एउटा मजबुत राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँले बताए । एमाले राष्ट्रिय शक्ति भए पनि त्यसलाई थप मजबुत बनाउन आवश्यक रहेको उनले स्पष्ट पारे ।