९ कार्तिक २०८३, सोमबार

एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिलासुस्ती हुनु स्वभाविक हो: केपी शर्मा ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको काममा ध्यान केन्द्रीत गर्न नसकेको आरोप लगाएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले बिकासका धेरै कामको सुरुवात गरेपनि वर्तमान सरकारले बिकासको काममा ध्यान केन्द्रीत गर्न नसेकेको आरोप लगाएका हुन् ।

उनले टोखा छहरे सुरुङमार्ग लगाएत रेलमार्गका बिषयमा एमाले सरकारले छलफल सुरु गरेपनि अहिले बिलम्व भएको जिकिर गरे । ओलीले एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिलासुस्ती हुनु स्वभाविक भएको बताए ।

ओलीले नेपाल स्वाधिन स्वतन्त्र देश भएकाले आफैले त्यसको सम्मान गर्नसक्नुपर्नेमा जोड दिनुभयो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएपनि विमान उडाउन सरकार डराईरहेको उनले बताए ।

ओलीले नेपालका हितका लागि छिमेकी जुनसुकै राष्ट्रले गर्ने सहयोग लिनुपर्ने धारणा राखे ।