२ कार्तिक २०८३, सोमबार

१४ किलो सुन प्रकरणको छानबिनका लागि समिति गठन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद प्रकरणको छानबिनका लागि समिति गठन गरिएको छ ।

दुबईबाट काठमाडौं आएका यात्रुको साथबाट १४ केजी सुन बरामद भएपछि ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा गठन गरिएको समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेका छन् ।