
काठमाडौं, २२ मंसिर । आज शुक्रबारदेखि युएईमा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।
पहिलो खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल-२ मा सुरु हुनेछ ।
पहिलो खेलमै बलियो टोली पाकिस्तानको सामना गरिरहेको नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । पाकिस्तान पनि पहिलो खेलमा सहज जित निकाल्ने योजनाका साथ मैदान उत्रिनेछ ।
नेपाल र पाकिस्तान दुवै टोलीमा सिनियर टोलीबाट खेलेका खेलाडी पनि छन् । नेपालको टोलीका कप्तान देव खनाल र अलराउन्डर गुल्सन झाले सिनियर टोलीबाट खेलिसकेका छन् ।
पाकिस्तानका स्पिन अलराउन्डर अरफत मिन्हासले पनि सिनियर टोलीबाट खेलिसकेका छन् । उनले ३ वटा टी–२० आई खेलिसकेका छन् ।
प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।















प्रतिक्रिया