
काठमाडौं, २१ मंसिर । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको सुनुवाई समिति बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उनीहरुबिरुद्ध १० वटा उजुरी परेको जानकारी दिएका हुन् ।
बैठकले सफारिस भएका न्यायाधीशहरुको सुनुवाइका लागि यही मङ्सिर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै, बैठकमा सुनुवाइका लागि मंसिर २९, आगामी पुस १ र २ गते दुई/दुई जनाको गर्ने कार्यतालिका पारित गरेको समिति सभापति जवराले बताए ।
यस्तै, पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस भएका सनिल नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने निर्णय भएको पनि जबराले जानकारी दिए ।
न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि यही मङ्सिर ५ गते ५ जनाको नाम सिफारिस गरेको थियो ।















प्रतिक्रिया