
काठमाडौं, २१ मंसिर । संघीय संसद सचिवालयका उपसचिवले एक महिला कर्मचारीमाथि हातपात गरेको घटना सार्वजनिक भएको छ ।
मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेका हुन् ।
प्रतिवेदनमा आफ्नो नाम छुटाएको भन्दै उपसचिव गैरेले तण्डुकारलाई झापड हानेका हुन् ।
बिहान ११ बजे तण्डुकारको कार्यकक्षमा प्रवेश गरेका उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेका थिए । स्वास्थ्य परीक्षणका क्रममा तण्डुकारमाथि हातपात भएको पुष्टिसमेत भएको छ ।















प्रतिक्रिया