
बारा, २१ मंसिर । नेकपा (एमाले) जिल्ला कमिटी बाराको बैठक कलैयामा सम्पन्न भएको छ । बैठकले एमाले बाराको जिल्ला अधिवेशन आगामी फागुन १२ र १३ गते आयोजना गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले पार्टी केन्द्रीय कमिटिले सन्चालन गरेको मध्यपहाडी लोकमार्ग ‘झुलाघाट-चिवाभन्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा’ अभियान सफल बनाउन उदयपुरको घुर्मीमा यही मंसिर २६ गते हुने जनसभामा बारा जिल्ला बाट ब्यापकरुपमा सहभागीता जुटाउने निर्णय पनि गरेको छ ।
बैठकमा मधेस प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष चन्देस्वर मण्दल र सचिब मनोज पौडेलका साथै बारा जिल्लाबाट निर्वाचित प्रदेश सदस्यहरुलाइ सम्मानित गरिएको थियो ।
बैठक जिल्ला अध्यक्ष बिनोद साहको अध्यक्षतामा, पार्टीका पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल र पोलिटब्यूरो सदस्य तथा बारा इन्चार्ज रामदयाल मण्डलको विशेष आथित्यतामा बैठक बसेको हो ।















प्रतिक्रिया