
उदयपुर, २० मंसिर। गत मंसिर १४ गते बिहीबार बैतडीको झुलाघाटबाट सुरू भएको एमालेको संकल्प यात्रा यही मंसिर २६ गते उदयपुरको कटारी नगरपालिका १४ घुर्मी आइपुग्ने कार्यक्रम रहेको छ ।
ूसम्बन्ध स्थानीय सन्देश राष्ट्रियू भन्ने मूल नाराका साथ बैतडीको झुलाघाटदेखि पाँचथर जिल्लाको चिवाभञ्ज्याङसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित १ सय ५० भन्दा बढी केन्द्रीय नेताहरुको टोली यही मंसिर २६ गते उदयपुरको घुर्मी आइपुग्ने भएपछी कार्यक्रम भब्य बनाउन नेकपा एमाले उदयपुरले ब्यापक तयारी सुरू गरेको छ ।बैतडीको झुलाघाटदेखि शुरु भएको संकल्प यात्रामा एमालेका केन्द्रीय नेतादेखि विभिन्न तहका नेता तथा स्वयम्सेवकसहित करिब ५ सयजना यात्रामा रहेका छन् ।
घुर्मीमा एमालेका केन्द्रीय अध्यक्षदेखी सय भन्दा बढी केन्द्रीय नेताहरु एकैपटक आउने भएपछी एमाले उदयपुरले कार्यक्रम भब्य बनाउन ब्यापक तयारी गरेको नेकपा एमाले उदयपुर जिल्ला सचिव तथा पार्टी प्रवक्ता एवम् चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले जानकारी दिए । उनका अनुसार घुर्मीको कार्यक्रमलाइ भब्य तथा ब्यापक बनाउन मंगलबार नेकपा एमाले उदयपुरको दशौँ विस्तारित बैठक समेत बसेको थियो । बैठकले घुर्मीमा हुने कार्यक्रमलाइ ऐतिहासिक अवसरको रुपमा लिदै कार्यक्रम भब्य बनाउने निर्णय गरेको उनले बताए ।
एमाले उदयपुरले घुर्मीमा हुने बृहत आमसभा सहितको कार्यक्रमलाइ भब्य बनाउन बिभिन्न समितिहरु गठन गरेको छ । बैठकले कार्यक्रमको प्रचारप्रसारका लागि एमाले उदयपुरका सचिव कालुमान लामाको संयोजकत्वमा समिति गठन गरेको छ भने खाद्यान्न ब्यबस्थापन समितिको संयोजकमा महेश रोक्का, आर्थिक समितिको संयोजकमा भारत थापालाई जिम्मेवारी दिएको एमाले उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेले बताए । यस्तै, स्वयंसेवक परिचालनको लागि राष्ट्रिय युवा संघ, खेलकुद महासंघ, रिटर्नी फेडेरेसन नेपाल, भूतपूर्व सैनिक तथा प्रहरी संगठन, अखिल नेपाल किसान महासंघ र जिफन्टलाइ जिम्मेवारी तोकिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
संकल्प यात्राको टोली १३औं दिनमा घुर्मी पुग्न लागेको हो । कार्यक्रममा ३ हजार नेता तथा कार्यकर्ता उतार्ने तयारी गरेको घिमिरेले बताए । उदयपुरबाट घुर्मी जाने नेता कार्यकर्ताका लागि यातायातको ब्यबस्था स्थानीय पालिका र वडा कमिटिले गर्नेछन् ।
संकल्प यात्राका क्रममा एमालेले पहाडी क्षेत्रका २० लाख स्थानीयसँग प्रत्यक्ष भेट्ने योजना बनाएको छ ।















प्रतिक्रिया