९ कार्तिक २०८३, सोमबार

एमाले बाहेक अरूले देश बनाउन सक्दैन: केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत भएन भने जनताको अपेक्षा पूरा गर्न नसकिने बताएका छन् ।

एमालेको समृद्धिको लागि संकल्प यात्राको क्रममा बुधबार गुल्मीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकारमा एमाले रहेन भने दुई वर्षमा नै देश कङ्गाल हुने रहेछ भन्ने कुरा पुष्टि भएको बताएका हुन् । ‘नेकपा एमालेले बाहेक अरूले यो देश बनाउन सक्दैन, एमालेको एकल बहुमत बिना यो सपना साकार हुनेवाला छैन’, ओलीले भने ।

मिसन २०८४ एमालेको लागि मात्र नभएर देशको विकासका लागि, राष्ट्रियताको लागि, समृद्धि र सुशासनको लागि भएको ओलीले बताए । त्यसैले मिसन २०८४ मा लाग्न ओलीले सबै जनसंगठनलाई निर्देशन दिए । एमालेप्रति जनताको ठुलो विश्वास र भरोसा भएको बताउँदै ओलीले त्यो भरोसालाई मर्न दिनु नहुनेमा जोड दिए । एमाले प्रतिको नागरिकको भरोसा पूरा गर्न एमालेको एक बहुमतको सरकार आवश्यक रहेको उनले स्पष्ट पारे ।

एमालेले सुरु गरेको समृद्धिको लागि संकल्प यात्रालाई नागरिकले आत्मीयताका साथ सम्मान व्यक्त गरेका ओलीले बताए । नागरिकको सहयोग, सम्मान र माया प्रति पार्टीको तर्फबाट ओलीले आभार व्यक्त गरे । देशका कुन कुन ठाउँमा कस्ता समस्या छन्, जनताले कस्तो समस्या भोगिरहेका छन्, भूकम्प पीडितको अवस्था कस्तो छ, एमालेका स्वयंसेवकले कसरी काम गरेका छन् भन्ने कुरा हेर्न पनि यात्रा आयोजना गरिएको उनको भनाइ छ ।

एमालेको स्वयंसेवकले ज्यानको बाजी लगाएर काम गरेको भन्दै ओलीले धन्यवाद दिए । सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा काम नभएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । नागरिकलाई छिटो आवासको व्यवस्था गर्न ओलीले सरकारसँग माग गरे । नेकपा एमालेका समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय गन्तव्य बनाएको नेकपा एमाले सिङ्गो नेपाललाई समृद्ध बनाउने अभियानमा लागेको ओलीले बताए ।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू लगायतका पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य सहितका नेताहरू लगायतको सहभागिता रहेको अभियानमा प्रेस चौतारी नेपालको नेतृत्व गरिरहेका प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जानकारी दिए ।