२ कार्तिक २०८३, सोमबार

विराटनगरमा आगलागीमा परेर एकजनाको मृत्यु, चारजना घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २० मंसिर । विराटनगरमा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी गोदाममा दिउँसो आगलागी हुँदा एकजनाको मृत्यु भएको हो भने चारजना घाइते भएका छन् ।

मृतकको पहिचान खुलेको छैन । उनको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो ।

घाइतेमध्ये अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते दुईजनाको अवस्था गम्भीर छ ।