
काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको झुलाघाट चिवाभञ्ज्याङ समृद्विका लागि संकल्प यात्राका क्रममा दुईवटा परिदृश्य औंल्याएका छन् ।
उपमहासचिव ज्ञवालीले राजनीतिक संस्कार र विकासका बारेमा सर्वदलीय तथा सर्वपक्षीय छलफललाई यात्राका क्रममा देखिएको परिदृश्यका रूपमा औंल्याएका हुन् ।
यात्राका क्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायत राजनीतिक दलका नेता कार्यकर्ताले गरेको स्वागतलाई पहिलो सकारात्क परिदृश्य भएको उल्लेख गरेका छन् ।
स्वागतका लागि उपमहासचिव ज्ञवालीले ज्ञन्यवाद पनि ज्ञापन गरेका छन् ।
यस्तै, दोस्रो परिदृश्यमा दैलेख, सुर्खेत, रूकुम पूर्व लगायतमा विकासका समस्याबारे छलफल आयोजना गरिएको उपमहासचिव ज्ञवालीले उल्लेख गरेका छन् ।
एमालेको अभियान टोलीलाई जिसस प्रमुखहरूले विकासका समस्या प्रस्तुत गर्नुका साथै विभिन्न पालिकाहरूले ज्ञापनपत्र प्र्स्तुत गरेका ज्ञवालीले बताएका छन् । यसले विकासका विभिन्न आयामबारे दृष्टिकोण निर्माणमा सहयोग पुग्ने ज्ञवालीको विश्वास छ ।















प्रतिक्रिया