
काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावितको राहत र उद्धारमा सरकार निकम्मा साबित भएको बताएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुगेका अध्यक्ष ओलीले भूकम्प प्रभावित क्षेत्रमा खटिएका एमालेका स्वयंसेवकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्रीदेखि गृह मन्त्री र अन्य मन्त्री हेलिकप्टर चढ्न व्यस्त भए पनि पीडितको उद्धार, राहत र पुर्नस्थापनाको काम हुन नसकेको बताएका हुन् ।
पीडितको लागि आएको सहयोग थन्किएर बस्दा पनि सरकारले पीडितसम्म पुर्याउन नसकेको ओलीले बताए । बैँकमा आएर रकम बस्दा पनि पीडितको हितमा सरकारले खर्चिन नसकेको उनको भनाइ छ ।
एमालेका स्वयंसेवकले अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा पनि सरकारले के हेरेर बसेको ? भन्दै अध्यक्ष ओलीले प्रश्नसमेत गरे । एमालेका स्वयंसेवकले बिना पैसा ८ सय १३ अस्थायी घर बनाएर दिँदा पनि सरकार हेरेर बसिरहेको उनले बताए ।
सही चिन्तन नभएसम्म केही काम गर्न नसकिने बताउँदै अध्यक्ष ओलीले एमालेमा जुन कार्यक्षमता छ त्यो अरूसँग नभएको धारणा राखे ।















प्रतिक्रिया