९ कार्तिक २०८३, सोमबार

जुर्‍यो एकीकृत समाजवादी पार्टीको महाधिवेशनको नयाँ मिति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि, माघको १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो तर राष्ट्रियसभा निर्वाचन र जाजरकोट भूकम्पका कारण महाधिवेशन सार्ने निर्णय गरिएको समाजवादीले जनाएको छ ।

त्यस्तै बैठकले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका तयार गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको खतिवडाले जानकारी दिए । बैठकले विधानमा छलफल गर्न कार्यदल गठन, राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि समिति गठन गरिएको उनले बताए ।

त्यस्तै मंसिर २८ र २९ गते सचिवालयको बैठक, पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिट्व्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटीको बैठक बस्ने खतिवडाले जानकारी दिए । प्रचार विभाग प्रमुख खतिवडाले आफ्नो गल्तीलाई ढाकछोप गर्नका लागि नेकपा समाजवादीलाई गाली गरेपनि त्यसले कुनै असर नपर्ने जिकिर गरे ।