९ कार्तिक २०८३, सोमबार

पाल्वरलींकको सहयोगमा जाजरकोटमा सातसय भूकम्पपीडितलाई राहत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १७ मंसिर । पाल्वरलीकंको सहयोगमा जाजरकोटका सातसय भूकम्पपीडितलाई २२ करोड बराबरको राहत वितरण गरिएको छ ।

पाल्वरलींक सेन्टरले सामाजिक कार्यमा अग्रसरता देखाउँदै समाजसेवी राजु गुरुङ्गको टीमले स्थानीय समाजसेवी नारायण घर्तीको अगुवाईमा राहत वितरण गरिएको हो ।

पाल्वरलींक सेन्टरका अध्यक्ष मास्टर सेन्टोकको विशेष अगुवाइमा प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरिएको हो । कार्तिक १७ गते गएको भूकम्पमा परी धनजनको क्षति भएर जाजरकोट मात्रै नभयर सिंगो देश नै शोकमा डुबेको बेला पीडितको घाउनमा मल्हम लगाउने उदेश्यले राहत वितरण गरिएको संस्थापक राजु गुरुङले बताए।

गुरूङका अनुसार नलगाड नगरपालिका वडा नं ३ मा भूकम्पमा ज्यान गुमाउने मृतकका परिवार र सुत्केरीहरु र बालबालिकासहित करिब सातसय जनालाई राहत दिइएको हो ।

राहतमा खाद्यान्न, ब्लांकेट, त्रिपाल, लुगा कपडा, बच्चाहरूलाइ स्टेशनरी सामान लगायत हस्तान्तरण गरिएको हो ।