९ कार्तिक २०८३, सोमबार

विप्लवसहित नेताहरूविरूद्व पक्राउ पुर्जी जारी भएको विरोधमा तीनदिने आन्दोलन घोषणा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित चारजना नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा पार्टीले आन्दोलनको घोषणा गरेको छ ।

काठमाडौं जिल्ला अदालतले महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

पार्टीले आज विज्ञप्ति जारी गर्दै तीनदिने आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनअन्तर्गत मंगलबार मसाल जुलुस, बुधबार न्यायाधीशको पुतला दहन र आउँदो बिहीबार देशव्यापी प्रदर्शन गरिने जनाइएको छ।