९ कार्तिक २०८३, सोमबार

मध्यपहाडीको बाटो नहुँदा भेरी कोरिडोर लाग्यो एमाले अभियान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १९ मंसिर । मध्यपहाडी लोकमार्गको ५ सय मिटरमा बाटो नभएपछि एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ भेरी कोरिडोरतर्फ लागेको छ।

२०७९/८०मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको मध्यपहाडी ९पुष्पलाल० लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका १२ को मन्ता भिरमा ५ सय मिटर ट्रयाक खोल्ने काम नसकिएपछि लोकमार्गको काम अवरुद्ध भएको छ। मध्यपहाडको अवस्था र विकासका सम्भावनाका बारेमा त्यस क्षेत्रका राजनीतिक दल, नागरिक अगुवा, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र सर्वसाधारणसँग छलफलका लागि सुरू गरिएको एमालेको संकल्प यात्राले बीचमा बाटो नभएपछि लोकमार्ग छोडेको हो । मध्यपहाडी लोकमार्गबाटै जाने बाटो नजोडिएको हुनाले बाध्य भएर ट्रयाक परिवर्तन गर्नु परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

‘२०६४ सालदेखि शुरु भएको मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग अन्तर्गतजाजरकोट मन्ता भिरमा ट्रयाक जोडिएको छ्रैन्, जाजरकोट कुदु र रुकुमपश्चिमको चौरजहारी जोड्ने पुल नहुँदा हामीले अर्को मार्ग प्रयोग गर्नुपर्ने अवस्था आयो’, उपमहासचिव रिमालले भने, वर्तमान गठबन्धनको सरकारले ५ सय मिटरको ट्रयाक पनि खोल्न नसक्दा र एक पुल निर्माण गर्न नसक्दा लोकमार्ग अधुरो भएको छ ।’
उनका अनुसार मध्यपहाडीको बाटो नजोडिएपछि नजिकको मार्गका रूपमा एमालेले भेरी कोरिडोरलाई उपयोग गरेको हो । बैतडीको झलाघाटबाट सुरू भएर दैलेखसम्म मध्यपहाडी लोकमार्गमै हिँडेको एमाले अध्यक्ष नेतृत्वको अभियान टोली आज भेरी कोरिडोर हुँदै रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा जोडिने छ ।

लोकमार्ग सुरू भएपछि लामो समय प्रदेश र संघको सरकारमा रुकुम पश्चिम र जाजरकोटका नेताहरु सहभागी भएपनि सकड जोड्ने कामलाई प्राथमिकतामा नराख्दा लोकमार्ग पुरा हुन नसकेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले आरोप लगाए ।
‘कुदुको पुल र मन्ता भिरको छोटो दुरीको काम नसकिँदा लोकमार्गबाट नागरिकले जुन रूपमा फाइदा लिनु पर्ने थियो त्यो लिन सकेका छैनन्’ आचार्यले थपे, ‘निर्माणको जिम्मा लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभी ठेकेदार कम्पनीलाई तताउन वा सम्झौता रद्ध गर्नतर्फ सरकारका जिम्मेवार निकाय नलाग्दा ३ वर्षमा सकिने काम ५ वर्ष पुग्दा पनि पूरा हुन सकेन ।’

आर्थिक वर्ष २०६४/६५ बाट निर्माण सुरु भएको मध्यमहाडी लोकमार्ग आव २०७९/८० मा सक्ने लक्ष्य राखिएको थियो । दुई लेनको १८ सय ७९ किलोमिटरको सडक निर्माण गर्ने योजनाका साथ सुरू भएको मध्यपहाडी लोकमार्गको काम बिलम्ब भएपछि ओइटिङ गभरमेण्टका रूपमा हेरिएको प्रतिपक्ष दल एमालेले मंसिर १४ गतेदेखि ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ सुरू गरेको छ ।

तीन वर्षमा काम सम्पवन्न गर्ने गरी निर्माणको जिम्मा लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभीले २०७७ सालमा कोरोनाको कारण देखाउँदै ढिला गरेको थियो । अहिले निर्माण सम्झौता अनुसार सामाग्री महंगो भएको बाहाना बनाएर काम अवरुद्ध गरिरहेको छ ।