९ कार्तिक २०८३, सोमबार

पूर्वसभामुख महराका छोरा राहुललाई जाँचबुझ आयोगले बयानका लागि बोलायो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । पूर्वसभामुख एवम् माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ ।

भेपमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेर पूर्पक्षका लागि कारागारमा रहेका राहुलाई बयानका लागि सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बोलाएको हो ।

आयोगले केन्द्रीय कारागार जगन्नाथदेवललाई पत्राचार गर्दै महरालाई बयानका लागि उपस्थित गराइदिन आग्रह गरेको हो।

उनलाई आजै सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराउने तयारी छ ।

महरा गत भदौ १३ गते पक्राउ परेका थिए ।