९ कार्तिक २०८३, सोमबार

एमाले सरकारमा छँदा गरिबी घटेको थियो, रोजगारी बढेको थियो: अध्यक्ष ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा हुँदा देशमा गरिबी घटेको दावी गरेका छन् ।

आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारमा छँदा गरिबी घटेको र रोजगारी बढेको दाबी गरेका हुन् ।

एमालेले सरकार छाड्नेबित्तिकै देशमा राजनीतिक अस्थिरता छाएको उनको भनाइ छ ।

देश विकासका लागि फेरि पनि एमाले नै चाहिने ओलीको भनाइ छ । ‘एमाले हटाएको डेढ वर्षमा राजनीतिक अस्थिरता छायो। गरिबी र महंगी बढ्यो। एमाले सरकारमा छँदा गरिबी घटेको थियो, रोजगारी बढेको थियो। फेरि पनि विकासका लागि एमाले चाहिन्छ,’ ओलीले भने।