९ कार्तिक २०८३, सोमबार

सिकार खेल्न गएका बेला आफैँले बोकेको बन्दुकको गोली लागेर युवकको मृत्यु, ६ जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । दोलखामा सिकार गएका एकजना युवकको आफैँले बोकेको बन्दुर पड्किएर गोली लाग्दा मृत्यु भएको छ ।

गएराति सिकार खेल्न गएका तामाकोशी गाउँपालिका–२ झुलेका २० वर्षीय सञ्जिव मिजारको आफैँले बोकेको बन्दुकको गोली लागेर मृत्यु भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका मिजारलाई उपचारका लाग चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएकोमा अस्पतालले मृत घोषित गरेको थियो। प्रहरीले उनीसँगै सिकारमा गएका ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही ठाउँका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्की छन्।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।