२ कार्तिक २०८३, सोमबार

संकल्प यात्रामा जनसहभागिताले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने आँट बढेको छ : केपी ओली

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले आफ्नो शासनकालमा देशेको अर्थतन्त्र सबल बनाएको दबी गरेका छन् ।

एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा कार्यक्रम अन्तर्गत शनिबार बिहान अछामको चौखट्टामा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबल बन्दै गएको अर्थतन्त्र अहिले पछाडि फर्किएकोप्रति चिन्ता व्यक्त गरे । ‘त्यही चिन्ता जाहेर गर्न हामी यो अभियानमा जुटेका छौँ’, ओलीले भने ।

एमालेले सुरु गरेको अभियानमा नागरिक सहभागिता देखेर आफूहरू उत्साहित भएको ओलीले बताए । ओलीले एमालेको अभियानमा सहभागिता जनाउने नागरिकप्रति आभार व्यक्त गरे । देशको उन्नति र प्रगतिमा एमालेको सधैँ साथ रहने ओलीले प्रतिबद्धता पनि व्यक्त गरे । ‘यहाँहरूसँग हाम्रो जसरी भेटघाट भएको छ, यस भेटघाटले हामी उत्साहित छौँ, हाम्रो आत्मविश्वास बढेको छ, साँचै यहाँहरूको जागरणले पुष्टि गर्दछ नेपाल हामी अब समृद्ध बनाउन सक्दछौँ, नेपाली जनतालाई सुखी बनाउन सक्दछौँ’, ओलीले भने ।

कार्यक्रममा बोल्दै उनले एमाले सरकारमा हुँदा नयाँ काम सुरुवात गरेको स्मरण गराए । महिनावारीको कारण विद्यालय जान नसक्ने छोरीहरूलाई एमाले सरकारकै पालामा सेनिटरी प्याड व्यवस्था गरेको उनले स्मरण गराए । एमालेले यस्ता धेरै नयाँ र विकासका काम गरेको ओलीले बताए ।

विभिन्न रणनीतिक महत्वका सडक, अस्पताल, पुल, विद्यालय लगायतका कयौँ संरचना एमालेको पालामा बनेको अध्यक्ष ओलीले उदाहरण प्रस्तुत गरे । एमालेले साँढे तीन वर्षको अवधिमा थुप्रै विकास कामहरू अभियानका रूपमा सञ्चालन गरेको ओलीले जानकारी दिए । संकल्प यात्रा विकासबाट पछाडि परेको मध्यपहाडी भेगका जनता र विकास अवस्था हेर्न आयोजना गरिएको ओलीले बताए । जनताहरूसँग प्रत्यक्ष संवाद गरी विकासको सम्भावना खोजीनिती गर्न यात्रा आयोजना गरिएको अध्यक्ष ओलीको भनाइ थियो ।