
काठमाडौं, १५ मंसिर । केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।
विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले उपाधि जितेको हो ।
पोखराको पोखरा रंगशालामा सम्पन्न फाइनलमा मधेसले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२४ रनमात्र जोड्न सक्यो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रनको योगफल बनाएको थियो ।















प्रतिक्रिया