२ कार्तिक २०८३, सोमबार

हिन्दु राष्ट्र स्थापना र प्रदेश खारेजको प्रस्ताव बैठकमा राख्न सभापति देउवालाई काँग्रेस सांसदको आग्रह

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले हिन्दु राष्ट्र पुन:स्थापना र प्रदेश संरचना खारेजको प्रस्ताव पार्टीको महासमिति बैठकमा पेश गर्न काँग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सभापति देउवालाई आज धुम्बाराहीस्थित उनकै निवासमा भेट गर्दै सांसद भण्डारीले सो आग्रह गरेका हुन् ।

यस्तै, निर्वाचन प्रणाली परिवर्तनको सुझाव पनि सभापतिलाई दिएको र आफ्नो खबरदारी निरन्तर रहने भण्डारीले बताएका छन् ।

आफ्नो प्रस्तावमा सभापति देउवा पनि सकारात्मक रहेको उनले बताएका छन् ।