३० आश्विन २०८३, शुक्रबार

केपी ओली कप राष्ट्रिय क्रिकेटको उपाधिका लागि आर्मी र मधेश भिड्दै

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ मंसिर । पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’को फाइनल खेल आज शुक्रबार हुँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुन लागेको हो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेबाट सुरु हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनाएको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई र दोस्रो खेलमा मधेशले सशस्त्र प्रहरी बल (एपीएफ)लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद पाँच लाख रुपैयाँ, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टोलीले दुई लाख ५० हजार, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ले नगद ३० हजार, ‘बेस्ट बलर’ २० हजार र ‘म्यान अफ दि म्याच’ले नगद पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।