१० कार्तिक २०८३, मंगलबार

कसरी छुटे नेपाल एयरलाइन्सका ३१ यात्रु ? (भिडिओ)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले उडानको समय परिवर्तन गरेकाले ३१ यात्रु छुटेको प्रष्टिकरण दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले परराष्ट्र मन्त्रालयको पत्र अनुसार प्रधानमन्त्रीको भ्रमणका कारण निर्धारित समयभन्दा दुई घण्टा अघि सारिएकाले ३१ यात्रु छुटेको प्रष्टिकरण दिएका हुन् ।

समय परिवर्तन गरेको विषयमा सबै यात्रुलाई जानकारी दिएको तर जानकारी पाउन नसकेका यात्रुहरुमात्रै छुटेको उनको भनाइ छ । मन्त्री किरातीले छुटेका यात्रुहरुलाई होटलमा राख्ने व्यवस्था गरेको र अहिले गन्तव्यतर्फ पठाइसकिएको जानकारी दिए ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९:३० मा प्रधानमन्त्री दुबई गएका थिए ।

११:३० को पूर्वनिधारित उडान प्रधानमन्त्री जाने भनेपछि परराष्ट्रको पत्रका आधारमा सो उडान ९:३० मा सारिएको थियो । त्यस्तै मन्त्री किरातीले १३ बर्षदेखिको नेपालको हवाई क्षेत्र इयुको कालोसूची हट्ने प्रक्रियामा रहेको जानकारी दिए ।

मन्त्री किरातीले विभिन्न १२ वटा सामान्य बिषयमा सुधार गर्ने बित्तिकै नेपालको हवाई क्षेत्र इयुको कालोसूची हट्ने दावी गरे ।