१ कार्तिक २०८३, आइतबार

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १४ मंसिर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको मकवानपुरगढी–२ धवाडी पुलमा भएको दुर्घटनामा सोही वडाको कुर्ले पाखा बस्ने मोटरसाइकल चालक ३५ वर्षीय भीमबहादुर स्याङतान र मोटरसाइकलको पछाडी सवार उनकी श्रीमती ३४ वर्षीया रूपा स्याङतान र उनका ४ महिनाको छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनामा गम्भीर घाइते चालक भीमबहादुरको उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो भने रूपा र ४ महिनाको छोरीको घटनास्थलमै मृत्यु भएको हो ।

बिहीबार दिउँसो सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खसेको प्रहरी जनाएको छ ।