१० कार्तिक २०८३, मंगलबार

एकीकृत समाजवादी पार्टीले बोलायो केन्द्रीय सचिवालय बैठक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही मङ्सिर १८ गते बिहान ११ बजे बस्नेगरी आह्वान गरिएको पार्टी उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ ।

त्यसैगरी पार्टीको कार्यविभाजन समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी–११) लगायतका विषयमा छलफल गर्ने तयारीसमेत रहेको उनले बताए ।