२७ कार्तिक २०८३, शुक्रबार

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’को शुभारम्भ (तस्वीरहरु)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’को शुभारम्भ गरेको छ ।

केहीबेरअघि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर संकल्प यात्राको शुभारम्भ गरेका हुन् ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा सुरु गरेको हो ।

जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।

तीन साता लामो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ ।

यसअघि एमालेले विंस २०७४ सालको फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो ।